image
image

विभागद्वारा म्यानपावरको शाखा विवरण बुझाउन उर्दी

काठमाडौँ, ९, भदौ ।  म्यानपावर कम्पनीलाई शाखा सञ्चालनको नयाँ अनुमति नदिएको वैदेशिक रोजगार विभागले यस अगाडि शाखा सञ्चालनको अनुमति पाएका म्यानपावर कम्पनीलाई चार दिनभित्र विवरण बुझाउन भनेको छ । 

विभागले बुधबार एक सूचना जारी गर्दै हाल कुनै पनि म्यानपावर कम्पनीलाई शाखा कार्यालय सञ्चालनको अनुमति नदिएको भएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शाखा सञ्चालनको अनुमति पाएको भनी केही समूहले प्रचारप्रसार गरेकोले भ्रममा नपर्न आग्रह गरेकोे छ ।

त्यसैगरी विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई भदौ १२ गतेभित्र विभागबाट शाखा सञ्चालनको अनुमति पाएको भए त्यसको विवरण बुझाउन भनेको छ । विवरणमा शाखा अनुमति लिएको मिति, शाखा कार्यालय सञ्चालन मिति, शाखा कार्यालयको पूरा ठेगाना, उक्त कार्यालयको फोन नम्बर र इमेल एड्रेस, शाखा प्रमुखको नाम, शाखा प्रमुखको नयाँ र पुरानो दुई पूरा ठेगाना र मोबाइल नम्बर विभागको इमेलमा पठाउनुपर्ने बताएको छ ।

विभागले २७ वटा म्यानपावर कम्पनीका मात्रै आधिकारिक शाखा रहेको बताएको छ । विभागबाट शाखा संचालन अनुमति पाएका म्यानपावर कम्पनीले शाखा कार्यालय सञ्चालन गरेका भएपनि संस्थागतरुपमा इजाजतपत्र नलिएकाहरूले पनि सानो कोठामा म्यानपावर कम्पनीको  शाखा हो भन्दै पासपोर्ट र रकम संकलन गरेकोे पाइएपछि विवरण माग गरिएको विभाग स्रोतले बतायो ।

वैदेशिक रोजगार ऐनले एजेन्ट व्यवस्था खारेज गरिसकेको भएपनि कतिपय व्यक्तिले आफूलाई आधिकारिक ऐजेन्ट भन्दै पासपोर्ट र रकम संकलनको धन्धा चलाइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।