image
image

प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा

काठमाडौँ, २९, साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए।

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहर नउठेको हप्तौं भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको आरोप लगाउँदै काठमाडौंवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए। उनले सांस्कृतिक शहर काठमाडौंको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरे।

एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौंका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।