image
image

भदौ पहिलो हप्ता गर्ने भनिएको साउदीस्थित नेपाली दूतावासको वृहत अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौँ, २५, साउन ।  साउदी अरबस्थित नेपाली दूतावासले आगामी भदौ पहिलो हप्ता गर्ने गरी तय गरेकोे वृहत अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ । विभिन्न कारणले उक्त मुलुकमा कार्यरत नेपाली कामदारको समस्या गहिरिएको भन्दै सुधारका लागि रियादस्थित नेपाली दूतावासले आगामी भदौ ३ गते दूतावासमा वृहत अन्तरक्रिया आयोजना गर्ने तय गरेको थियो ।

दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मुख्य नेतृत्व र उक्त मुलुकमा वार्षिक तीन सय बढी कामदार पठाएका म्यानपावर कम्पनीका सञ्चालकलाई अन्तरक्रियामा भाग लिनका लागि पठाउन पत्र पठाएको थियो ।

हाल करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको उक्त मुलुकमा साउदी श्रम कानून, रोजगारदाताको असहिष्णु व्यवहार, नेपाली कामदारको अराजक तथा अज्ञानी व्यवहार र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार प्रवृत्तिले नेपाली कामदार शोषणमा परेको नेपाली दूतावासले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।