image
image

रेमिट्यान्स र कर्जाको कारण व्यापार घाटा बढ्यो

काठमाडौँ, २३, असार ।  बैंक तथा वित्तीय संस्था परिसंघले रेमिट्यान्स बढ्दा र बैंक तथा बित्तीय संस्थाले प्रवाह गरेको कर्जाको कारणले व्यापार घाटा बढेको जनाएको छ । परिसंघको एक अध्ययन प्रतिवेदन सार्वजानिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनले बैंक तथा वित्तीय संस्थाले १०० रुपैयाँ कर्जा लगानी बढाउँदा दीर्घकालमा ५० रुपैयाँले व्यापार घाटा बढाउने देखाएको छ । बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा धेरै कर्जा लगानी बढाउदा समस्या देखिएको प्रतिवेदनले देखाएको छ । यसले गर्दा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव समेत दिएको छ ।

यसैगरी व्यापार घाटा बढ्नुमा रेमिट्यान्सको पनि भुमिका रहेको प्रतिवेदनले देखाएको छ । रेमिट्यान्स धेरै उपभोगमा जाँदा त्यसले व्यापार घाटा बढाएको अध्ययनको निष्कर्ष छ । रेमिट्यान्सको रकमबाट बचत बढाउने गरि सरकारले नीतिगत सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा दुइथरी ब्याजदर लागु गर्नुपर्ने कुरालाई पनि औँल्याएको छ । उत्पादनमुलक क्षेत्रमा अन्य क्षेत्रको तुलनामा कम ब्याजदर हुनुपर्ने र ब्यादर एकल अंकमा हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।