image
image

अवैध बसे मलेसियामा आजीवन ‘ब्ल्याक लिष्ट’

काठमाडौँ, १९, असार ।  मलेसियाले अवैधानिक हैसियतले बसी स्वदेश फर्किने प्रक्रियामा सहभागी नभएका आप्रवासीलाई आजीवन प्रवेशमा प्रतिबन्ध लगाउने जनाएको छ । मलेसियाले गत जुन ३० तारिखमा समाप्त हुने गरी गैरकानूनी आप्रवासीलाई स्वदेश फर्किन रिक्यालिब्रेसन प्रोग्राम सञ्चालन गरेकोे थियोे ।

 उक्त कार्यक्रममा सहभागी भएकाहरू हवाई तथा पानी जहाजबाट स्वदेश फर्किरहेका छन् । मलेसियाको अध्यागमन विभागका महानिर्देशक खैरूल ड्जैमी दाउदले खोजतलासका क्रममा पक्राउ पर्ने अवैधानिक हैसियतमा बसेका विदेशीलाई विभागका डिटेन्सन सेन्टरमा थुनामा राखी आजीवन मलेसिया प्रवेश नपाउने गरी ‘डिपोर्ट’ गर्ने बताएका छन् । 

मलेसियाले गत नोभेम्बरमा विदेशी कामदारलाई वैधानिक भएर काम गर्न वा जरिवाना तिरेर स्वदेश फर्किन रिक्यालिब्रेन कार्यक्रम सार्वजनिक गरेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।