image
image

एसपीपीका विषयमा पठाइएको पत्र सदनमा पेस गर्न नेम्वाङको माग

काठमाडौँ, १६, असार ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने बताएका छन् ।

सदनमा पत्र आइसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसदको भूमिका पनि प्रभावकारी हुने नेम्वाङको भनाइ छ । संसद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने बताए । नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सवैले ध्यान दिनुपर्नेमा जोड दिए ।

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खाली रहेको प्रसंग झिक्दै यसको जिम्मेवारी सवै दलले लिनुपर्ने नेम्वाङको भनाइ थियो ।

करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।