माओवादी केन्द्रीय कमिटी बैठक भर्चुअल बस्ने
काठमाडौँ, १९, जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्चुअल रूपमा बस्ने भएको छ।बैठक आज साँझ ६ बजे बस्दैछ।
यसअघि गत फागुनमा जेठ २० गतेको लागि बैठक बोलाइएको थियो। भौतिक रूपमा बैठक बस्न सम्भव नभएको भन्दै माओवादी केन्द्रले भर्चुअल रूपमा बैठक बोलाएको हो।
बैठकमा यसअघि बाँकी रहेका एजेण्डाबारे छलफल हुने र निर्वाचनको समीक्षा हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले बताए।
माओवादीले भौतिक रूपमा छलफल हुनेगरी असार दोस्रो साता बैठक बस्ने जनाइएको छ।









