image
image

सांघाईमा लकडाउनपछि कोरोनाबाट पहिलोपटक ३ जनाको मृत्यु

काठमाडौँ, ६, वैशाख ।   चीनको आर्थिक केन्द्र मानिने सांघाईमा लकडाउनपछि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको छ ।

स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन् ।

कोभिड नियन्त्रण गर्ने उद्देश्यले केही सातादेखि सांघाईमा लकडाउन गरिएको छ। ओमिक्रोन भेरिएन्टका कारण कोरोनाको प्रकोप फैलिएको पत्ता लागेपछि लकडाउन जारी गरिएको हो । सांघाईमा यसअघि कोभिडका कारण कसैको मृत्यु नभएको दाबी आयोगको दाबी छ । सांघाईमा सोमबार थप २२ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

दसौँ लाख मानिस अहिले घरभित्र बस्न बाध्य छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।