image
image
भारतमा फेरि बढ्न थाल्यो कोरोना

भारतमा फेरि बढ्न थाल्यो कोरोना

काठमाडौँ, ५, वैशाख । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ।

टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।

दिल्लीका स्कुले विद्यार्थीहरूमा संक्रमण देखिन थालेपछि ती विद्यालयमा भौतिक पठन-पाठन बन्द गर्नेबे छलफल हुँदैछ। दिल्लीमा पछिल्लो समय बढिरहेको कोरोनाको संक्रमणबारे बुधबार दिल्ली डिज्यास्टर म्यानेजमेन्ट अथोरिटीको बैठक बस्दैछ।अघिल्लो साता भारतमा ४९०० संक्रमित थपिएकोमा यो साता ६६१० संक्रमित थपिएका छन्। दिल्लीमा अघिल्लो साताभन्दा यसपालि १४५ प्रतिशतले संक्रमण वृद्धि भएपछि थप सावधानी अपनाइएको छ।

भारतका अरू राज्यहरूमा भने कोरोनाको संक्रमण बढेको छैन। भारतमा अहिलेसम्म ४ करोड ३० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये पाँच लाख २१ हजारले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।