थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौँ, २, वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ३० जनाको पिसिआर र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार ९०३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
५५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।अहिले देशभर ४ सय ३८ जना सक्रिय संक्रमित छन्।









