image
image

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज

काठमाडौँ, २, वैशाख । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निणर्य यसअघि नै गरिसकेको छ ।

बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लगाउन भोलि सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । उम्मेदवार प्रदेशबाट टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउने छन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।