image
image

न्यु योर्क शहरका मेयरलाई पनि कोरोना

काठमाडौँ, २८, चैत ।  अमेरिकाको न्यु योर्क शहरका मेयरलाई कोरोना भाइरसको संक्रमण भएको छ । मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको मेयरको कार्यालयले जनाएको हो । 

मेयरको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सीएनएनका अनुसार मेयर आडम्सलाई कोभिडको खासै गम्भीर लक्षण देखिएको छैन ।

अमेरिकामा कोरोना भाइरस अझै निर्मूल भइसकेको छैन । त्यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ ।यद्यपि परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएपछि भने उनी अहिले आइसोलेसनमा बसिरहेका छन् । उनी अझै एक साता कुनै सार्वजनिक कार्यक्रममा सरिक नहुने बताइएको छ । न्यु योर्क शहरमा कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि सेवा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।