image
image

मलेसियाले माग्यो ५ लाख नयाँ विदेशी कामदार

काठमाडौँ, २४, चैत ।  मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ । 

कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको छ । 

फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार  ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।मलेसियाका प्रधानमन्त्रीले आगामी मे महिनादेखि सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेको बताएका छन् । 

मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।