पछिल्लो २४ घण्टामा थपिए १० हजार बढी कोरोना संक्रमित
काठमाडौँ, १०, माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै २५४० जना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ८२ हजार ५५० जना कोरोनाका सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।









