विश्वमा थप २२ लाख २५ हजार बढिमा कोरोना पुष्टि
काठमाडौँ, १०, माघ । पछिल्लो चौबिस घण्टामा विश्वमा थप २२ लाख २५ हजार २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
योसँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३५ करोड नाघेको छ । वल्डोमिटर्सको अनुसार विश्वमा हालसम्म ३५ करोड १९ लाख ७७ हजार ८८४ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
संक्रमितमध्ये हालसम्म ५६ लाख १४ हजार ५५६ जनाको मृत्यु भएको छ ।









