image
image

नेपालमा थपिएका  संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन पुष्टि

काठमाडौँ, ९, माघ । नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार दिएको जानकारी अनुसार संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सह(प्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए । 

३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चार वटामा भने डेल्टा भेरियन्ट रहेको सह(प्रवक्ता डा अधिकारीले जानकारीले बताए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमूनामामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारमा डेल्टा भेरियन्ट देखिएको छ,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो।’ 

यसले विश्वव्यापी रूपमा डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको डाक्टर अधिकारीले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।