भारतमा एकैदिन ३ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा ५२५ जनाको मृत्यु
काठमाडौँ, ९, माघ । भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोरोना संक्रमणको पुष्टि भएको छ । यो शनिबारको तुलनामा केही कम हो ।
पछिल्लो समयमा कोरोनाबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ ।
नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् । मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५.५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३.१८ प्रतिशत पुगेको छ ।