पछिल्लो २४ घण्टामा १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ६, माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।देशभर ५७ हजार ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।काठमाडौं उपत्यकामा ६९८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएका छन्।









