ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, ६, माघ । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ ।
यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।









