image
image

मलेशियाले विदेशी कामदार लैजाने तीब्र तयारी 

काठमाडौँ, ५, पुस । गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति पछि अहिले बंगलादेशबाट मलेसियामा कामदार लैजाने तयारी तिब्र भएको छ ।

मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ । मलेसियाको रोजगारीमा लामो समयदेखि संलग्न वैदेशिक रोजगार व्यवसायी कुमुद खनालले पछिल्ला दिनमा मलेसिया बंगलादेशबाट कामदार लैजाने योजनामा लागेको समाचार मलेसियाका सञ्चारमाध्यमबाट आइरहेको बताए ।

बंगलादेशले मलेसियाको स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्सँग मिलेर विदेशी कामदारको प्रवेशका लागि स्थायी प्रक्रिया परिमार्जन गर्न काम गरी कामदार पठाउने बताइएको छ । मलेसियाको फ्रि मलेसिया टुडे अनलाइनले बंगलादेशसँग गर्न लागिएको कामदार ल्याउने सम्झौताको मस्यौदा आफुले प्राप्त गरेको भन्दै बंगलादेशबाट कामदार ल्याउँदाको सबै खर्च शुरूमा मलेसियाका रोजगारदाताले व्यहोर्ने तर कामदारको मासिक तलबबाट खर्च काट्ने उल्लेख रहेको समाचार छापेको छ ।

समाचारले बंगलादेशबाट कामदार मलेसिया पुगेपछि रोजगारदाताले मासिक तलबको ५० प्रतिशतभन्दा बढी नहुने गरी तलबमा कटौती गर्न पाउने उल्लेख गरेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।