image
image

रेमिट्यान्स घट्दोः चार महिनामा ७. ६ प्रतिशतले घट्यो रेमिट्यान्स

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना १८ प्रतिशतले घटेको रेमिट्यान्स आप्रवाह तेस्रो महिनामा पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा ७ दशमलव ६ प्रतिशतले रेमिट्यान्स कम भित्रिएको छ ।

हरेक वर्ष असोज महिनामा धेरै विदेशबाट रेमिट्यान्स आउने गरेको थियो । तर यस वर्ष मुख्य सिजन मानिने दशैंको बेला नै रेमिट्यान्स आप्रवाहमा कमी आएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आई २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।