image
image

स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य

काठमाडौँ ५ फागुन । नेपालमा स्वास्थ्य विमा कार्यक्रम ६५ जिल्लामा विस्तार भएको छ । ५ वर्ष आघि कैलाली बाट शुरू गरिएको उक्त कार्यक्रम नेपाल सरकारले ७७ ओटै जिल्लामा विस्तार गर्ने लक्ष्य लिएको छ । विमा कर्यक्रमबाट ३ अर्ब रुपैयाँको हाराहारीमा बीमा शुल्क संकलन गर्न सफल पनि भएको छ ।


स्वास्थ्य बीमा बोर्डका अनुसार ती जिल्लाका ३५ लाख नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।यो बीमामा आबद्ध हुन ५ जनासम्म सदस्य भएका घर परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउँछन् भने ५ जना भन्दा बढी सदस्यको हकमा प्रति सदस्य अतिरिक्त ७ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । गरिब र विपन्न परिवारका लागि भने राज्यले नै शुल्कको रकम व्यहोर्ने व्यवस्था मिलाइएको छ ।

चालू आर्थिक वर्षभित्र ७७ जिल्लाका सबै स्थानीय तहमा यो कार्यक्रम संचालन गर्ने रहेको लक्ष्य छ । त्यसका लागि आवश्यक तयारीको काम पनि भइरहेको छ । काठमाडौं उपत्यका सहित ठूला शहरी इलाकामा चैतदेखि नै यो कार्यक्रम गर्ने सुरु योजना छ । सेवा प्रदायक संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डले ११ सय ३३ प्रकारका औषधिहरू बिमितलाई निःशुल्क रुपमा प्रदान हुनेगरी सम्झौता गरेको हुन्छ । तर अन्य औषधीहरू भने बाहिरबाट किन्नुपर्ने हुन्छ ।

      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।