image
image

ओलीको नेतृत्वमा बस्‍न सकिँदैन; वामदेव

काठमाडौँ ९ असोज । नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्‍न नसक्‍ने स्पष्ट पारेका हुन्। 

यसअघि नेता गौतमले दिएको राजीनामा नेकपा एमालेले अस्वीकृत गरेपछि ओलीको नेतृत्वमा बस्‍न नसक्ने स्पष्ट पारेका हुन्। उनले भने, 'राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ छैन। केपी ओलीको नेतृत्वमा बस्‍न नसकिने भन्दै एमालेमा रहन सक्दिनँ भनेको थिएँ,  राजीनामा दिएपछि सकियो।’  

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्‍ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ। उनले थपे, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्‍ने केही कुरा केपी ओलीको दिमागमा आयो होला। त्यो अब सम्भव छैन।’

गत भदौ १८ गते नेता गौतमले एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्‍न १० वटा आरोप लगाउँदै एमालेमा बस्‍न नसकिने बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।