एमालेको सचिवालय बैठक सुरु, बजेट र सांगठनिक गतिविधि प्रमुख एजेन्डा
काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने एजेन्डा रहेको छ।
बैठकमा राजावादीहरूको गतिविधिबारे पनि छलफल हुने नेताहरूले बताएका छन्। यस विषयमा पार्टीको धारणा स्पष्ट पार्ने तयारी गरिएको छ।









