image
image

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले शनिबारका लागि  तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटीमा आज पाकेको फर्सी, स्कुससहित केही तरकारीको मूल्य बढेको छ भने बोडी लगायतका कतिपय तरकारीको मूल्य घटेको छ । 

कालिमाटीमा हिजोसम्म किलोको ३५ रुपैयाँ रहेको पाकेको फर्सीको मूल्य आज ८५ रुपैयाँ पुगेको छ । त्यसैगरी हिजो प्रतिकिलो १७ रुपैयाँ रहेको स्कुसको मूल्य आज बढेर २७ रुपैयाँ पुगेको छ । कालीमाटीमा आज रातो आलु ७२, सेतो आलु ६५, लोकल गाँजर १३५, तराईको बन्दा ४५, स्थानीय काउली ७८, सेतो मुला ३५, लाम्चो भन्टा ६५, तने बोडी १०५, लौका ६५, तराईको परबल १०५ रुपैयाँ प्रतिकिलो छ ।

हिजो १४५ रुपैयाँमा किनबेच भएको तने बोडीको मूल्य घटेर आज १०५ रुपैयाँमा झरेको छ । कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ । स्कुस किलोको २७ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य किलोकै ११ रुपैयाँ छ । त्यसैगरी पाकेको फर्सी ८५, हरियो फर्सी ५५, भिन्डी ११५, स्कुस २७, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली १३५ रुपैयाँ प्रतिकिलो छ । थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।