image
image
नेपाल प्रिमियर लिगः जनकपुर विजयी, पोखराको दोस्रो हार

नेपाल प्रिमियर लिगः जनकपुर विजयी, पोखराको दोस्रो हार


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ ।  जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो । 

पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो । 

जनकपुरले लगातार तीन खेलमा विजयी हासिल गरेको छ भने पोखराको यो दास्रो हार हो । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।