आयातित कपडालाई स्वदेशी गार्मेन्टको चुनौती
काठमाडौँ, ७, असोज । न्युरोडमा रेडिमेड कपडाको होलसेल पसल चलाउने व्यापारिलाई यो वर्ष चीनबाट तयारी पोशाक नआएकामा कुनै चिन्ता छैन । फिमेल रेडिमेट गार्मेन्टको उनको होलसेलमा अहिले अघिल्लो वर्ष जस्तो चीन र थाइल्याण्डका कपडा छैनन् । कोरोनाका कारण चीनतर्फको नाकामा भएको अवरोध र कडा कोभिड प्रोटोकलका कारण चीन पुग्न मुश्किल भएपछि नेपाली उत्पादन नै बजारको पहिलो रोजाइ र विकल्प भएको श्रेष्ठ बताउँछन् ।
कोभिडकै बीचमा नेपालमा खुलेका स्तरीय नेपाली गार्मेन्ट उद्योगका कारण रेडिमेड लत्ता कपडाको मूल्य, गुणस्तर र डिजायन निकै लोकप्रिय भएको उनले सुनाए । नेपाली कम्पनीले तयार गरेको कपडा चीनबाट ल्याएको भन्दा स्तरीय, सस्तो र रुचाइने डिजाइनका छन्, हाम्रो होलसेल अहिले यसैबाट भरिएको छ । उपभोक्ताले पनि स्वदेशी उत्पादनलाई रुचाएका कारण दुई वर्षदेखि तयारी कपडामा चीनकै मुख ताक्नुपर्ने अवस्था नरहेको उनले बताए ।
रञ्जना सपिङ मलमा तयारी जेन्स कपडाको होलसेल पसल गर्ने मोहन पाठकको पसलमा यो वर्ष तीन देशमा बनेका कपडा छन् । कुनैबेला चीन र बैंककका मात्रै कपडाले भरिने पसलमा पछिल्लो दुई वर्षदेखि नेपाली तयारी कपडाले स्थान बनाउँदै लगेको उनले बताए ।
स्वदेशमै स्तरीय कपडा उत्पादन हुन थालेपछि स्वदेशी गार्मेन्टमा बनेको कपडाको हिस्सा ५० प्रतिशत नाघेको पाठकले बताए । ‘कोरोनापछि मेरो होलसेलबाट ५० प्रतिशत विदेशमा बनेका कपडा विस्थापित भएका छन्, पाठकले भने । उनका अनुसार चीनबाटै कच्चा पदार्थ र मेशिन झिकाएर गार्मेन्टहरुले काम गरेका छन् । यसरी काम गर्दा सस्तो पनि र गुणस्तरमा खासै फरक नपरेकाले नेपालमा बनेको कपडा पहिलो रोजाइ बनेको उनको भनाइ छ ।