image
image

 नेकपा एसको महासचिवमा बेदुराम भुसाल, झाँक्री पनि सचिव बन्दै 

 काठमाडौँ, ७, असोज । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । नेकपा एसको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा  समझदारी बनाएको हो ।

पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा अब स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७÷७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् ।

महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूले दाबी गरेका थिए । त्यसमध्ये पाण्डे र भुसालबीच पछिल्लो समयमा बढ्ता रस्साकस्सी चलेको थियो । पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री पार्टीको संगठन सञ्चालनमा कम्युनिस्ट पार्टीमा महासचिवको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

भुसाल एमालेभित्र सधै माधव नेपाल निकट भएर काम गरेका नेता हुन् । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।