image
image

कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ; रामचन्द्र पौडेल

काठमाडौँ, ७, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका छन्।१४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उनको दाबी थियो।

पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा आज बिहान बोलेका पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ। पार्टीका नेतारकार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ, पौडेलले भने।

उनले बिपी अनुकूलको पार्टी वा नेतृत्व छ कि छैन भन्ने समीक्षा गरिनुपर्ने पनि बताए।नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ। महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन, उनले भने।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको पनि बताएका थिए।

उनले कम्युनिष्ट पार्टी फुटेर कांग्रेस बलियो हुने नभई आन्तरिक लोकतन्त्रलाई नै सुदृढ गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।अरू पार्टी बिग्रेर हामी राम्रो बन्ने होइन, पार्टीलाई लोकप्रिय बनाउने काममा खटेर लाग्नुपर्छ, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।