image
image

पुसदेखि बालबालिकालाई पनि खोप लगाउने तयारी

काठमाडौँ, ६, असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पुस महिनाबाट बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन्। खोपका लागि विश्वव्यापी साझेदारी (गाभी)मार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री उमेश श्रेष्ठले बताए।

बुधबार स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए। मोर्डनाको ४० लाख डोज र फाइजरको ६० लाख डोज खोप ल्याउन लागिएको छ, राज्यमन्त्री श्रेष्ठले भने, मोर्डना खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा छ। फाइजरका लागि प्रक्रिया अघि बढेको छ।

आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको उनले बताए। हालसम्म नेपालले १ करोड ७७ लाख मात्रा खोप नेपालले प्राप्त गरेको राज्यमन्त्री श्रेष्ठले जनाकारी दिए। नेपालमा हालसम्म  ५६ लाख २८ हजार नागरिकले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।