कच्चा पदार्थ अभावका कारण डोको डालो बुन्ने पेशा सङ्कटमा
काठमाडौँ, ६, असोज । दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुख्र्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो ।
बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो, चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा सङ्कटमा पर्दै गएको छ ।
बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भने, परिवार पाल्न धौधौ भएको छ । बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उनले पीडा सुनाए ।
अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताए । एक भारी निगालो रु पाँच सयमा खरिद गर्नुपर्छ, उहाँले भन्नुभयो, कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।
घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन, समैजी गाउँका जित पार्कीले भने । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ । दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु सात सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु चार सयदेखि रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्दैआएका छन् ।