image
image

नोटको जतन गरी राख्न राष्ट्र बैंकको अनुरोध  

काठमाडौँ, ६, असोज । नोपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट सटही सुविधा सुुरु गरेपछि नोटलाई जतन गरी प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।

बैंकले यही असोज ४ गतेबाट नयाँ नोट सटही सुविधा सुरु गरेको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सेवा लिन आउने सर्वसाधारण सेवाग्राहीले स्पष्ट देख्ने गरी आफ्ना सबै सटही काउण्टरहरुमा संलग्न बमोजिमको नोटको हिफाजतपूर्ण तरीकाले प्रयोग गर्नेसम्बन्धी सूचना गर्नसमेत निर्देशन दिएको छ।

यसैगरी, सूचना टाँस गरी सर्वसाधारण सेवाग्राहीमा नोटको हिफाजत सम्बन्धी सचेतना गराउनसमेत बैंकले आग्रह गरेको छ।

नोट जतन गर्न ९ सुझाव

–  नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजात गरौँ।

–  नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ। 

– नोटमा जथाभावी केरमेट नगरौँ ।

– आफ्नो कारोवार नोट प्रयोग गर्नुभन्दा डिजिटल बैंकिङको प्रयोग गरौँ। भुक्तानीमा कार्ड वा वालेटको प्रयोगको प्रयोग गरौँ।

– सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ। 

– चाडपर्व तथा अन्य समयमा पूजा आजा गर्दा वा कुनै काम गर्दा मैलिएका हातहरुले नोट नछोऔँ। 

– टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा, यस्तो कार्यलाई निरुत्साहित गरौँ।

– नोटलाई मठ–मन्दिर वा पूजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दूध, रगत आदि नपारौँ। बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ।

– कारोबारको क्रममा संकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौ वा जानकारी दिऔँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।