image
image

बलिउड अभिनेत्री पायल घोषमाथि मुम्बइमा एसिड आक्रमणको प्रयास

काठमाडौँ, ६, असोज। बलिउड अभिनेत्री पायल घोषले आफूमाथि एसिड आक्रमणको प्रयास भएको र आफू मुस्किलले बचेको बताएकी छिन् । सामाजिक संजालमार्फत एक भिडियो जारी गर्दै पायलले केही व्यक्तिहरुले आफूमाथि एसिड तथा रडले आक्रमण गर्ने कोसिस गरेको बताएकी छन् । पायलका अनुसार उनी आफ्नो घर मुम्बइ जाँदै गर्दा कारमा चढ्न लागेका बेला केही मानिसहरुले उनीमाथि आक्रमण गर्ने कोसिस गरेका थिए ।

ती मानिसहरुले उनीसँग भएका सामान लुट्ने प्रयास गरेका थिए । पायलका अनुसार उनीहरुसँग एउटा बोतल थियो । त्यसमा एसिड भएको पायलले बताएकी छिन् । उनका अनुसार आक्रमणकारीहरुले मास्क लगाएका थिए । उनीहरुले पायलको टाउको र हातमा हिर्काउने प्रयास गरे । त्यसपछि पायलले सहयोगको लागि चिच्याउन थालेपछि ती व्यक्तिहरु भागे ।

पायलले सामाजिक संजालमा आफ्नो चोटसहित पोस्ट पनि शेयर गरेकी छिन् । पायलसँग यो घटना मुम्बइको अंधेरी क्षेत्रमा भएको थियो । पायलका अनुसार ती आक्रमणकारीहरुले आक्रमण गर्दा रडले उनको बायाँ हातमा लागेको छ । यसअघि पायल त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला उनले अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।