image
image

नेपालभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम ;मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, ६, असोज । मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले मुलुकभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे ।

अल्फा भेरिएन्ट र दोस्रो लहरमा डेल्टा प्रजाति देखिएको भन्दै उनले मुलुकभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएको बताएका हुन् । 

दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गरेको बेला आवागमन र भीडभाड बढ्न सक्ने भन्दै भेरिएन्ट आउन सक्ने कुरा औंल्याएका हुन् । ‘भेरिएन्ट अफ कन्सर्न नभएका तर, ध्यान दिनुपर्ने चाहिँ नयाँ भेरिएन्टतर्फ हो’ उनले भने ।

बुधबार मुलुकमा १४ सय संक्रमित थपिएका छन् र दैनिक संक्रमण दर ११ प्रतिशत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।