डायलसिसका नाममा दोहोरो शुल्क नलिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन
काठमाडौँ, ६, असोज । डायलसिसका नाममा अस्पतालहरुले लिने दोहोरो शुल्क लिइरहेको भन्दै संसदीय समितिले त्यसलाई रोक्न अनुगमन प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको हो।
डायलसिसका बिरामीको लागि जाने खर्च पनि अस्पताललाई दिइने र अस्पतालले बिरामीबाट पनि पैसा लिने हुँदा अस्पतालले दोहोरो शुल्क लिने गरेको समितिमा जानकारी गराइएको थियो।
स्वास्थ्य मन्त्रालयकानीति योजना तथा महाशाखा प्रमुख गुणराज लोहनीले डायलसिसको बारेमा अनुगमन फितलो भएको उनले स्वीकार गरे। समिति सदस्य पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारिले सूचीकृत निजी अस्पतालले सरकार र बिरामीबाट दोहोरो पैसा असुलेको भन्दै नियमन जरुरी रहेको बताए। स्वास्थ्य मन्त्रालयका अनुसार हाल ५ हजार ७९७ जनाले देशभरका अस्पतालबाट डायलसिस सेवा लिइरहेका छन्।