भारतीय खोप कोभिसिल्डलाई बेलायतले दिएन मान्यता अस्वीकार
काठमाडौँ, ६, असोज । भारतमा बनेको कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्डलाई बेलायतले मान्यता दिन अस्वीकार गरेको छ। भारतमा कोभिसिल्ड ७२ करोडभन्दा बढी डोज कोभिसिल्ड खोप लगाइसकिएको छ। यो खोप भारतमा सबैभन्दा बढी प्रयोग भएको खोप भएको बताइएको छ।
अक्टोबर ४ बाट कार्यान्वयनमा आउने गरी बेलायतले केही समयअघि कोरोनासम्बन्धी नयाँ नियम घोषणा गरेको थियो। उक्त नियमअनुसार भ्याक्सिनको मात्र पूरा गरेका व्यक्ति विभिन्न देशबाट बेलायत पुगे सेल्फ क्वारेन्टाइन बस्न नपर्ने व्यवस्था गरिएको छ। तर उक्त सूचीमा भारत भने समावेश छैन। यसको अर्थ भारतमा दुवै डोज खोप लगाएर बेलायत गए पनि बेलायती नीति अनुसार उक्त व्यक्तिले भ्याक्सिन लगाएको नमानिने र १० दिन सेल्फ आइसोलेसनमा समेत बस्नुपर्नेछ।
बेलायतको यो व्यवस्था विभेदकारी मात्र नभएर जातिवादी भएको भारतीयको आरोप छ र आइसोलेसनमा बस्ने निति हटाउन आग्रह गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बेलायती समकक्षी लिज ट्रससँग यो विषयमा ुतीव्र असन्तुष्टिु जनाएको भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले उल्लेख गरेको बीबीसीमा समाचार छ।
कांग्रेस सांसाद जयराम रमेशले पनि बेलायतको निर्णय अनौठो भएको उल्लेख गर्दै यसले कुरुप जातिवादी व्यवहार भएको उल्लेख गरेका छन्।
उता बेलायतले नै सूचीकरण गरेका ४ खोपमध्ये आस्ट्राजेनेका कोभिसिल्ड पनि एक हो। गत जुलाइमा बेलायतले नै भारतबाट ५० लाख डोज कोभिसिल्ड खोप लगेको थियो।