निर्माण हुन लागेको अपार्टमेन्ट बुकिङ नखुल्दै बिक्री
काठमाडौँ, ६, असोज । ललितपुरको कुपण्डोलमा निर्माण हुन लागेको अपार्टमेन्ट बुकिङ नखुल्दै बिक्रि भएको छ ।अनौपचारिक रुपमा बुकिङ सुरु गरिएको १ महिनामै अधिकांश युनिट बुकिङ भइसकेको सञ्चालकहरुको दाबी छ । बुकिङ गरेकाहरुमध्ये ९० प्रतिशतले एडभान्स पनि बुझाईसकेको दाबी सञ्चालकहरुको छ ।
समिट होटल भत्काएर त्यहाँ निर्माण हुन लागेको विलासी समिट रेसिडेन्सी अपार्टमेन्टको औपचारिक रुपमा बुकिङ खुला नहुँदै बुकिङ सकिएको हो । चौधरी समूह, एनई समूह र समिट समूहले पुरानो होटल भत्काएर पाँच तारे लक्जरी होटलसहितको एलिट क्लास अपार्टमेन्ट बनाउने भएका हुन् ।
१७ तलाको हाइराइज अपार्टमेन्ट बन्ने छ । तर, अहिले ११ तला सम्मको मात्रै बुकिङ लिईएको छ । बाँकी तलाको नगरपालिकाबाट स्वीकृति लिन बाँकी छ । प्रक्रिया सुरु गरिसकिएको भएपनि ललितपुर महानगरपालिकाले स्वीकृत गर्न बाँकी रहेकाले ११ तला सम्मको बुकिङ लिईएको र बाँकीको स्वीकृत पाएपछि खुलाईने बताईएको छ ।
एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले यो अपार्टमेन्ट काठमाडौँ उपत्यकाकै अहिलेसम्मकै लक्जरीयस अपार्टमेन्ट हुने दाबी गरेका छन् । उनका अनुसार सर्भिस र आवासीय गरी दुई प्रकारका अपार्टमेन्ट बनाईनेछ ।
आवासीय अपार्टमेन्टमा ९६ युनिट हुने भनिएपनि अहिले ११ तला सम्मको मात्रै बुकिङ लिईएकाले आधा मात्रै खपत भएका छन् । बाँकी १२ देखि १७ औँ तलाको पनि बुकिङ केही समयमै खुलाउने तयारी निर्माण पक्षको छ ।