image
image

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

काठमाडौँ, ७, असोज । नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।

असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।

यसअघि भदौ ३१ गते बसेको प्रदेशसभा बैठक एमालेको अवरोधपछि असोज ७ गतेसम्मका लागि स्थगित गरिएको थियो । नेकपा एमालेले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई सभामुखले पदमुक्त नगरेको भन्दै प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै अवरोध गर्दै आएको छ ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले एमालेले कारबाही गरेका दुई जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान कायम रहेको रातोपाटीलाई बताए । ‘हाम्रो सांसदको विषयमा या त अदालतले निर्णय दिन्छ या सभामुखले हटाएको सूचना जारी गर्नुपर्छ, त्यो नभएसम्म हामीले सदन चल्न नदिने अडान कायम छ, उनले भने ।

सभामुख पूर्णबहादुर घर्तीले दुई जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दामा सदन अवरुद्ध गर्नु संविधान विपरीत भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।