image
image

५ सिट ल्याउने अवस्था नरहेको माओवादीलाई आफूहरुले ३६ सिट जिताएको ओलीको दाबि  

 काठमडौँ, ६, असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीमा दुईचारजना कार्यकर्तामात्र रहेको बताएका छन् । 

एमाले जिल्ला कमिटी बर्दियाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटेको नभई दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका हुन् ।

उनले भने, ‘पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् ।’ यस्तै ओलीले नेकपा एसलाई लक्षित गर्दै अदालतले फैसला गर्‍यो भने सो पार्टीले मान्यता पाउन नसक्ने दावी समेत गरे । 

ओली माओवादी केन्द्रमाथि पनि खनिँदै, गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नरहेको माओवादीलाई आफूहरुले ३६ सिट जिताएको बताए ।

उनले भने,जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकी दिएका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।