सभापति पदमा दाबी गर्दिन, भविष्यमा पनि हुन्न ; विजयकुमार गच्छदार
काठमाडौँ, ६, असोज । नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदारले आगामी १४औँ महाधिवेशनमा सभापतिमा दाबी नगर्ने घोषणा गरेका छन्।आज तीनकुनेमा रहेको एक होटलमा पत्रकार सम्मेलन गर्दै गच्छदारले सभापतिमा नउठ्ने घोषणा गरेका हुन्। उनले भने, ‘सभापति पदमा मेरो कुनै दाबी छैन। सभापति पदमा कुनै प्रतिस्पर्धा गर्दैन। इच्छा छैन। भविष्यमा पनि दाबी हुन्न।
उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सौहार्दपूर्ण वातावरण होस् भन्ने चाहेको पनि बताए। दुई नेता मिलेर पार्टी चलाउनुस् भनेर महासमिति बैठकमा प्रयास गरेको व्यक्ति हुँ, उनले भने।
आफूले कुनै गुटका पक्षमा वकालत नगरेको र एकता र मेलमिलापबाट महाधिवेशन हुनुपर्ने पक्षमा रहेको उनले बताए।‘गुट, नेताको पक्षमा वकालत गरेको छैन, एकता र मेलमिलाप गरेर महाधिवेशन सम्पन्न हुनुपर्छ, गच्छदारले थपे।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिरमा हुँदै छ।