image
image

बामदेव गौतम नेकपा एसमा किन अझै गएनन् ?

काठमडौँ, ६, असोज । नेकपा एमालेको उपाध्यक्षसहित सबे जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरिसकेका बामदेव गौतम अझै कता जाने टुंगोमा पुगेका छैनन् । उनी नेकपा  नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा थियो ।

बामदेवले एमाले छाडेको घोषणा गर्नुलाई उनी सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा जान लागेको औल्याइएको थियो । तर, नेकपा एस अझै सरकारमा नगएकाले छिनोफानो भएको छैन । गौतम नेकपा एसमा महत्वपूर्ण पदसहित जाने चर्चा चलेको धेरै भइसकेको छ । तर, उनी अगाडि बढेका छैनन् । आखिर  बामदेव किन रोकिए । 

विश्वस्त स्रोतका अनुसार गौतमले पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यनीतिबारे स्पष्टता खोजेका छन् । उनले मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने बटमलाइन बनाएका छन् । जबज छाड्न नहुने उनको अडान छ । गौतम एमालेमा रहँदा जबजको पक्षपाती मानिन्छन् ।

नेकपा एसको कार्यनीति जनताको बहुदलीय जनवाद नभई जनताको बहुदलीय समाजवाद हुने स्पष्ट भइसकेको छ । गौतम जबसमा सहमत भएपनि मागदर्शक सिद्धान्त जबज हुनुपर्ने अडानमा रहेको बुझिएको छ ।

यसैगरी, गौतमले सम्मानजनक पद तथा जिम्मेवारीको विषय पनि उठाएका छन् । उनले सहअध्यक्ष चाहेको बुझिएको छ । सरकारमा आफू जाने या आफूनिकट सांसदलाई पठाउने उनको चाहना बुझिएको छ । यसकारण उनी नेकपा एसमा पस्न रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।