image
image

फागुनमा नवौं महाधिवेशन गर्ने विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको निर्णय

काठमडौँ, ६, असोज । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समितिको ११ औं बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभासहित प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।