image
image

असोज १० बाट यतिको पर्वतीय उडान सुरु  हुने 

कामठाडौँ, ६, असोज । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुन: सुरु हुने भएको छ। मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर तथा मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

हालका लागि प्रत्येक आईतवार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो। प्रत्येक आइतबारका लागि  एटिआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुनेगरी कम्पनीले तालिका तय गरेको छ। यात्रुहरुको मागअनुसार उडान संख्या थप गर्दै जाने कम्पनीले बताएको छ। 

नेपाली तथा भारतीय नागरिकले ८,८४८ रुपैयाँमा पर्वतीय उडानको टिकट खरिद गर्न पाउने छन्। अन्य बिदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी  दिए। 

पहिलो लकडाउनपछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो।  नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः नौ हजार आठ  सय ४८  र १४ हजार सातसय ७५ भाडादर तोकेको छ।

यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन्। पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।