image
image

 देउवाले आफूखुसी मन्त्री बनाउन थालेपछि रामचन्द्र पौडेल पक्ष बैठकमा 

काठमडौँ, ६, असोज । देउवा पक्षले आफूखुसी मन्त्री बनाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा बस्ने भएको छ । बुधबार दिउँसो महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्ने भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै रुष्ट बनेको पौडेल पक्षले पार्टीमा सल्लाह नगरी मन्त्री चयन गरेको भन्दै बैठक बस्न लागेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउदा पार्टीमा छलफल नभएको भन्दै पौडेल पक्ष विरोध जनाउँदै आएको छ । बुधबार आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेपछि पौडेल पक्ष कस्तो कदम चाल्ने भन्नेबारेमा बैठकम जुट्न लागेको हो ।

परराष्ट्रमन्त्रीमा सुजाता कोइराला र मिनेन्द्र रिजाललाई नियुक्त गर्नुपर्ने पौडेल पक्षको माग थियो । तर, बुधबार डा खड्कालाई प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।