image
image

मदिरा उत्पादक संघको अध्यक्षमा रौतहटका उद्योगपति बाबरा निर्वाचित

काठमाडौँ, ६, असोज । रौतहटका उद्योगपति बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।रौतहटको कटहरिया नगरपालिकाको डुमरियामा सञ्चालित जिल्लाकै दोश्रो सबभन्दा ठुलो उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्ड्रस्ट्रिज प्राइभेट लिमिटेडका सञ्चालक बैजु प्रसाद बाबरा नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

संघको ९ औ वार्षिक साधारण सभा द काउन इम्पोरियल होटेल रबि भवन काठमाण्डौमा एक कार्यक्रमका विच उद्योगपति बाबरालाई अध्यक्ष पदमा निर्विरोध चुनेको हो ।
संघको अध्यक्षमा बाबरा रौतहटबाट पहिलो पटक सर्वसहमतिले चएन भएका छन ।

यस्तै संघको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फलसिंह क्षेत्री, महा सचिवमा सुरेन्द्र उप्रेती, सचिवमा वरुण कुमार साह निर्वाचित भएको संघले जनाएको छ । कार्यकारी सदस्यहरुमा भीमसेन कुमार श्रेष्ठ, नवीन थापा, किसन साह, श्याम साह लगाएत चएन भएको संघका अध्यक्ष बावराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।