image
image

नेपाली कामदारमाथि रेमिट्यान्स कम्पनीहरुको आँखा

काठमडौँ, ६, असोज । नेपालीहरूको महान चाड दशै, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारमाथि रेमिट्यान्स कम्पनीहरूले आँखा लगाउन थालेका छन् । नेपाली कामदारको आर्जनलाई आधार बनाएर खोलिएका रेमिट्यान्स कम्पनी वर्षैभरी कामदारको कारोवारमा निर्भर रहने गरेपनि चाडपर्वमा उनीहरूले सकेसम्म धेरै रकम पठाउने भएका कारणले रेमिट्यान्स कम्पनी विशेष चनाखो भएका हुन् ।

राष्ट्र बैंकले बैकिङ च्यानलको औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउन र भित्रिएको रेमिट्यान्स बैंकमा जम्मा गरेमा सामान्य भन्दा १ प्रतिशत बढी ब्याज दिनुपर्ने नीति लिएको छ भने रेमिट्यान्स कम्पनीहरुले पनि विभिन्न अफरहरु ल्याई वैदेशिक रोजगारीमा रहेका कामदारहरूलाई आकर्षित गर्न थालेका छन् । 

चाडपर्वमा घरपरिवारको खर्च बढ्ने भएका कारण कामदारहरुले अन्य अवधिमा भन्दा १५ देखि २० प्रतिशत बढी रेमिट्यान्स पठाउने गरेको रेमिट्यान्स कम्पनी सञ्चालकहरूको अनुभव छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा पछिल्ला वर्षहरूमा उल्लेख्य गिरावट अएपनि नेपाल भित्रिने रेमिट्यान्स खासै नघटेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्ष ९ खर्ब ६१ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । 

नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क भने महँगो मानिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित एक कार्यदलले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने खर्च घटाउन सुझाव दिएको थियोे । तर प्रतिवेदन कार्यान्वयन भइसकेको छैन । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा रोजगार गन्तव्य मुलुकहरुबाट नेपालमा २ सय अमेरिकी डलर पठाउँदा साढे चार प्रतिशत र ५ सय डलर पठाउँदा औसतमा ३ प्रतिशत लागत लाग्ने गरेको उल्लेख छ ।

रेमिट्यान्स लक्षित गरेर आइएमईले ‘डबलको डबल अफर, वेस्टर्न युनियनले नेपालमा क्यासउत्सव, सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो जस्ता प्याकेज ल्याएका छन् । तर उनीहरूले शुल्क भने घटाएको देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।