image
image

नर्सरी खेतीबाट मनग्य आम्दानी 

काठमाडौँ, ५, असोज । बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थलेको भने चार वर्ष भयो । नर्सरी खेतीबाटै वर्षिक एक लाख रुपैयाँ बचत हुने उनको भनाइ छ । 

अर्काको भारी बोक्नुपर्ने र गाली खाए बस्नेपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चनिन्छन् । स्याउ, ओखर, कागती, मौसम, किवी, आरु, आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ । 

नर्सरी खेतीसँगै मौरीपालन पनि उनले गरेका छन्। धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।