image
image

अमेरिकाले पूर्ण खोप लगाएका यात्रुलाई प्रवेश खुला गर्ने

काठमाडौँ, ५, असोज । अमेरिकाले कोरोना भाइरस यात्रा प्रतिबन्धलाई खुकुलो पार्दै यूके, युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ ।अमेरिकाले गत वर्षदेखि कडा प्रतिबन्धहरू लगाएको छ ।
 
यो कदमले युरोपियन साझेदारहरूको एउटा प्रमुख मागको जवाफ दिएको छ । अब प्रतिबन्धका कारण छुट्टिएका परिवारहरू र साथीहरू पुनःमिलन हुन सक्नेछन् । 

ह्वाइट हाउसका कोभिड–१९ संयोजक जेफ जिएन्टस्ले सोमबार नयाँ नियमको घोषणा गरेका हुन् । उनले यो नियम देशमा भन्दा पनि व्यक्तिमा आधारित भएको बताए । त्यसैले यो बलियो प्रणाली भएको उनको भनाइ छ । एकदमै महत्त्वपूर्ण कुरा विदेशी नागरिकले अमेरिका उड्न पूर्ण मात्रा खोप लगाउनु आवश्यक छ, उनले भने ।
 
अमेरिकाले सुरुमा २०२० को सुरुतिर चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । पछि अन्य देशहरूमा विस्तार गरेको थियो । 

नयाँ नियमअनुसार विदेशी यात्रुले अमेरिका उड्नुअघि खोप लगाएको प्रमाण देखाउनुपर्नेछ । खोपको पूर्ण मात्रा लिएका यात्रु क्वारेन्टाइनमा बस्नुपर्ने छैन । कुन खोप लगाएको हुनुपर्ने भन्ने बारेमा भने स्पष्ट पारिएको छैन । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।