image
image

अर्को सातादेखि लाइसेन्सको नयाँ फारम खुल्ने

काठमाडौँ ४ असोज । कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भएसँगै बन्द भएको लाइसेन्सको नयाँ फारम आगामी सातादेखि खोल्ने भएको भएको छ । कोरोना संक्रमण कम हुँदै गएपछि  यातायात व्यवस्था विभागले नयाँ लाइसेन्सका लागि फारम खुलाउने तयारी गरेको हो ।

विभागले ‘कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८’ स्वीकृत गरिसकेको छ। उक्त मापदण्डमा परीक्षा सञ्चालन गर्दा अवनाउनु पर्ने सुरक्षा सावधानीबारे उल्लेख छ। मापदण्ड अनुसार एक सिफ्टमा बढीमा १ सय जना परीक्षार्थीको परीक्षा गराउन सकिने छ ।

त्यस्तै एउटा कोठामा २५ जना परीक्षार्थी हरने गरि परीक्षा व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ। मापदण्डमा विभागले परीक्षा केन्द्रमा उपस्थित हुने समय, पालना गर्नुपर्ने नियमको स्पष्ट व्यवस्था गरेको छ। लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयले खुल्ला ठाउँ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरि प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। 

देशभर लिखित परीक्षा दिन फारम भरेर बसेका र लिखित पास गरेर ट्रायल परीक्षा दिन कुरिरहेकाको संख्या ६ लाख भन्दा बढी रहेको विभागले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।