image
image

८ वर्षपछि पुरानै ब्राण्डबाट गुण एयरलाइन्सले सुरु गर्‍यो उडान

काठमाडौँ, ४, असोज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाई सेवा सुरु गरेको छ । गुण  एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित शुक्रबारदेखि आफ्नो नियमित आन्तरिक उडान सुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानका रूपमा काठमाडौं–चितवन र दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ ।

एयरलाइन्सका कार्यकारी निर्देशक बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्न नआएको बताए । उनले एयरलाइन्सले कोरोनाको महामारीका समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताए । 

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई निःशुल्क उडान, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई केही छुटको व्यवस्था गरेको बताए । उनले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँचवटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताए ।

उनले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेतलगायतका स्थानमा उडान भर्ने बताए । गुणसँग दुईवटा विचक्राफ्ट १८ सिट क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।